दोलखामा ४ किलो सुनसहित ३ जना पक्राउ
११ असोज, काठमाडौं : दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ।
चीनबाट अवैध रूपमा ल्याएको चार किलो सुनसहित ३ जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (एआइजी) किरण राणाले जानकारी दिइन्।
उनले थाहाखबरसँग भनिन्, ‘बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले ४ केजी सुनसहित ३ जनालाई नियन्त्रण लिएको छ। र,आजै पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने दोलखा प्रहरीको तयारी छ।’
गत आइतबारदेखि चीनले रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको छ। तर यी नाकाबाट सुन तस्करी हुन नसक्ने स्थानीयले बताएका छन्। चीनले बन्दगरेको लप्ची नाकाबाटै सुन तस्करले भित्राएको हुन सक्ने प्रहरीको अनुमान छ।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…



ghanashyam