ओलीको आरोप- प्रचण्ड र माधवले मूल कम्युनिष्ट पार्टी फुटाए
विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मूल कम्युनिष्ट पार्टी फुटाउन माधव नेपाल र प्रचण्ड लागेको आरोप लगाएका छन्।
शुक्रबार नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
मूल कम्युनिस्ट पार्टी फुटाउन माधव नेपाल र प्रचण्ड लागेको बताउँदै उनले तत्कालीन नेकपा अदालतले नभई माधव र प्रचण्डले फुटाएको आरोप लगाए।
उनले एमालेले सरकारमा रहँदा उल्लेख्य काम गरेको दाबी गर्दै शेरबहादुर देउवा पाँचपटक र पुष्पकमल दाहाल प्रचण्ड तीनपटक देशको प्रधानमन्त्री भए पनि केही काम गर्न नसकेको आरोप लगाए।
उनले जेष्ठ नागरिक, महिला, किशोरीहरुको समस्या बुझ्ने पार्टी भएको बताए। एमाले नेतृत्वको सरकारमा आफुले उत्पात काम गरेको बताउदै ओलिले देउवा र प्रचण्डलाई प्रश्न गरेका थिए। ’महिलाका लागि केही गर्नु भोरु शिक्षामा केही गर्नु भो रु उहाँ हरुले केही गर्नु भएन।’
ओलीले एमाले नेतृत्वको सरकारले ३ वर्षमा गरेको कामले दुनियाँ आश्चर्य चकित भएको बताए। ओलीले एमालेले सरकारमा रहँदा उल्लेख्य काम गरेको दाबी गरे।
प्राकृतिक र संस्कृतिक हिसाबले अघि भएर पनि कोशी प्रदेश विकासमा अघि बढ्न नसकेको बताए। अनेक घेराबन्दीका बीच कोशी प्रदेशमा एमाले अघि रहेको दाबी गर्दै एमालेले मिसन ८४ अघि बढाएको बताए।
उनले अधिवेशनको प्रसंगमा सर्वसम्मति भएर जान आग्रह गर्दै सर्वसम्मत नभए स्वस्थ्य प्रतिस्पर्धामा जानुपर्नेमा जोड दिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam