मकवानपुरमा सवारी दुर्घटना हुँदा नौ जान यात्रु घाइते
१५ असोज, मकवानपुर : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा–१५ चुरिमाई मन्दिर नजिक सवारी दुर्घटना हुँदा नौ जना यात्रु घाइते भएका छन्।
आज बिहान विरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगञ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै सवारीका नौ यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ।
घाइतेहरुलाई प्रहरीले उद्दार गरेर उपचारको लागि हेटौंडा अस्पताल ल्याएको जनाइएको छ। घाइतेको नाम खुल्न बाँकी रहेको छ। दुवै सवारी र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam