युक्रेनको पूर्वी क्षेत्रमा आयोजित श्रद्धाञ्जली सभामा रूसको आक्रमण : ५१ जनाको मृत्यु
१९ असोज, एजेन्सी । युक्रेनको पूर्वी गाउँमा बिहीबार भएको रूसी आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् ।
खार्किभको उत्तरपूर्वी क्षेत्रस्थित गाउँमा शोक व्यक्त गर्नेहरू एक क्याफेमा थिए र एउटा पसलमा मृतकका आफन्तहरू थिए। ६० जनाको सहभागिता रहेको कार्यक्रममा मृत्यु हुनेमा ६ वर्षीय बालक पनि छन् ।
‘एक मृतकको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको स्थानमा आक्रमण भएको छ’, गृहमन्त्री इगोर क्लाइमेन्कोले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै भनेका छन्।
युक्रेनी प्रहरीले सार्वजनिक गरेको भिडियोमा ग्रोजा गाउँमा ठूलो मात्रामा धुवाँको मुस्लो देखिएको भग्नावशेषबाट कैयौँ मृत शरीर उद्धारकर्मीले लगेको देखिएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर खिचिएको तस्विर र पोस्ट गरेका छन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam