प्रधानसेनापति शर्मा आज बेलायत जाने
२१ असोज, काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा आइतबार बेलायतको औपचारिक भ्रमणमा जाँदै छन्।
बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा ६ दिने भ्रमणका लागि आइतबार बिहान प्रस्थान गर्न लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। उनका अनुसार प्रधानसेनापति शर्मासँग दुई सैन्य अधिकृत पनि बेलायत जानेछन्।
भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता गर्नेछन्। प्रधानसेनापति शर्माले रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्याण्डहर्स्टको भ्रमण गर्नेछन्। ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि सहभागी हुँदै आएका छन्।
प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्नेछन्। प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रियन पट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam