सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोटमा क्यासिनो सञ्चालनकाे तयारी
असोज २१, कपिलवस्तु ।
सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोट चन्द्रौटा कपिलवस्तु सञ्चालन गरेकाे दोस्रो वर्ष पुरा भएको छ । रिर्सोटले दोस्रो वार्षिक उत्सवको अवसरमा आइतवार विविध कार्यक्रम सम्पन्न गरेको छ । संचारकर्मीसँग अन्तरक्रिया र कर्मचारी बीच वार्षिक उत्सवको अवसरमा सुभकामना आदान प्रदान गरेको छ ।
स्थापनाको दुई वर्ष पुरा गरेको रिर्सोट व्यावसायिक रुपमा सफलता प्राप्त गरेको सञ्चालक समितिका अध्यक्ष लक्षमण भण्डारीले बताए । रिर्सोटमा नेपाल-भारत र अन्य तेस्रो मुलकबाट समेत आगन्तुक आउने गरेको भण्डारीले बताए । नेपाल सरकारले पर्यटन प्रवर्द्धन तर्फ रिर्सोटलाई पुरस्कृत गरेको समेत अध्यक्ष भण्डारीले बताए । कर्मचारीको अथक मिहिनेत र स्थानीय आम नागरिकको सहयोग र सद्भावले रिर्सोटले सफलता पाएको उनले जिकिर गरे ।
चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष एवंम रिर्सोट सञ्चालक समितिका सदस्य ईश्वरी प्रसाद पाण्डले नेपालको भविष्य कृषि र पर्यटनमा रहेको बताए । उनले पर्यटन प्रवर्द्धनको लागि आर्थिक संकट र अहिलेको कठिन अवस्थामा पनि लगानी गरिरहेको बताए ।
नेपालमा छिमेकी मुलक भारत र चिनबाट जनसंख्याको एक प्रतिशत पर्यटक आएमा पनि नेपालका ठुला होटलहरु सञ्चालनमा समस्या नहुने बताए । त्यसका लागि राज्यले नेपालका पर्यटकीय स्थलहरुको प्रचारप्रसार र पर्यटक भित्र्याउन भुमिका निर्वाह गर्नुपर्ने बताए ।
व्यापार संघ कपिलवस्तुका अध्यक्ष एवंम रिर्सोट सञ्चालक महादेव पोख्रेलले सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोट कपिलवस्तु जिल्लाको गौरव भएकाे बताए । पोख्रेलले रिर्सोटले प्रत्यक्ष दुई सय जना स्थानीयलाई रोजगारी दिएको बताए । उनले क्यासिनो सञ्चालनको अन्तिम तयारी रहेकाे जनाए ।
उनले तत्कालै ४ सय जना स्थानीयलाई रोजगारी दिने बताए । उनले रिर्सोटको क्षमता बृद्धिको लागि ५५ वटा थप कोठाको सुविधाजनक भवन निर्माण पनि भईरहेको जनाए । यसले आर्थिक मन्दीलाई उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam