पहिरोले जेसीबी पुरिँदा चालकको मृत्यु
२२ असोज, काठमाडौं : जिल्लाको रामपुर–१०, टोक्सेमा सडक मर्मत गर्ने क्रममा पहिरोले जेसीबीसहित पुरिँदा चालकको मृत्यु भएको छ ।
दाङको शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको हो। उपचारको क्रममा तानसेनस्थित मिसन अस्पतालमा सोमबार बिहान ३ बजेतिर उनको मृत्यु भएको हो।
आइतबार साँझ ६ बजेतिर सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको पहिरोले बा २ क १९५७ नम्बरको जेसीबी पुरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
पहिरोले जेसिबीसँगै मृतक खड्का समेत पुरिएको थियो।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam