टिस्टा नदीको बाढीमा इलामका दस नेपाली बेपत्ता भएको आशंका
२३ असोज, इलाम : इलामबाट गएका नेपाली भारतमा बेपत्ता भएका छन्। इलाम नगरपालिका–९ का उनीहरू यही असोज १७ गते टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएकाले बाढीकै कारण हुनसक्ने आशंका गरिएको छ।
स्थानीयवासी विक्रमबाबु फियाकका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरू आफन्तसँग सम्पर्कविहीन भएका हुन्। सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन्। बेपत्ता हुनेहरूमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलगायत छन्।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई यसअघि नै जानकारीमा आएको र बस्नेतलगायत अन्यको विषयमा पछि अन्य व्यक्ति पनि बेपत्ता भएको जानकारी प्राप्त भएको र यसबारे सिक्किमका मिडियामा खबर गरिसकेको बताए। बाढीका कारण त्यस स्थानमा पुग्न कठिन हुनाका साथै टेलिफोन, विद्युत्लगायत सबै सञ्चारका माध्यम अवरुद्ध भएकाले कसैसँग सम्पर्क स्थापित हुन नसकेको बताइएको छ।
नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी पोखरेलले त्यहाँका सुरक्षाकमीसँग कुराकानी भइरहेको र उद्धारमा भारतीय पक्षसमेत लागेको जानकारी आएकोे बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam