पश्चिमी वायु भित्रिने क्रममा, अझै केही दिन वर्षा
२४ असोज, काठमाडौं : नेपालमा अब विस्तारै पश्चिमी वायुको प्रभाव पर्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल इरानको पश्चिमी क्षेत्रमा रहेको जलवाष्पयुक्त वायु नेपाल पस्ने क्रममा रहेको देखिन्छ।
मौसमविद् गाविन्द झाका अनुसार नेपालबाट मनुसन पूर्ण बाहिरिएपछि पश्चिमी वायुको प्रभाव पर्नेछ। उक्त वायू नेपाल भित्रिएपछि पश्चिमी क्षेत्रमा वर्षा गराउने छ भने हिमाली क्षेत्रमा हिमपात गराउनेछ। पूर्णरूपमा भित्रिए यसले पूर्वी भेगमा पनि प्रभाव पार्नेछ ।
उक्त वायु भित्रिएपछि चिसो बढ्ने मौसमविद् झाले बताए । यस्तै नेपालका केही भुूभागमा अझै केही दिन हल्का वर्षाको सम्भावना देखिन्छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही भूभागमा अझै दुईतीन दिन हल्कादेखि मध्यम वर्षाको सम्भवाना रहेको मौसमविद् झाले जानकारी दिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam