कर्णाली मन्त्रिपरिषद : विभिन्न शीर्षकमा सवा ६ करोड बाँड्ने निर्णय
२४ असोज, सुर्खेत : कर्णाली प्रदेश सरकारले विभिन्न क्षेत्रमा आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न शीर्षकमा झण्डै सवा ६ करोड रूपैयाँ वितरण गर्ने निर्णय गरेको हो। त्यसमध्ये किसानलाई राहत स्वरूप ६ करोड रूपैयाँ वितरण गरिने कर्णाली सरकारले जनाएको छ।
गत भदौ र असोजमा अविरल वर्षासँगै आएको हावाहुरीले बाली, पशु चौपाया क्षति भएका किसानलाई राहत रकम उपलब्ध गराइने छ।
बैठकले नेपाल बार एशोसिएसनको नियमित वार्षिक साधारण सभाका लागि १५ लाख रूपैयाँ दिने निर्णय समेत गरेको छ। बारको वार्षिक साधारणसभा गत असोज १२ गते सुर्खेतमा सम्पन्न भएको थियो।
बैठकले इजरायलमा मारिएका कर्णाली प्रदेशका नेपाली विद्यार्थीका परिवारलाई जनही ३ लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam