शिक्षा विधेयक दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित
२५ असोज, काठमाडौं : विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसदबाट पारित भएको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदबाट सर्वसहमतिले पारित भएको घोषणा गरेका हुन्।
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसदमा पेस गरेका थिए।
उक्त प्रस्तावपछि सभामुख घिमिरेले भने,‘शिक्षा विधेयकमाथिको दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयाेस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।’
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam