नेपालमै पढ्ने विश्वासको वातावरण मिलाउन पौडेलको माग
२५ असोज, काठमाडौं : सांसद देवेन्द्र पौडेलले नेपालमै उच्च शिक्षा पढ्ने विश्वासको वातावरणको व्यवस्था गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा विदेशमा पढ्न जाँदा अकालमै विद्यार्थीहरूले ज्यान गुमाउनु परेको भन्दै उनले नेपालमै पढ्ने वातावरण मिलाउन माग गरेका हुन्।
यहाँ पढ्ने वातावरण नहुँदा उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने गरेको उनको भनाइ छ। पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत बनेका उनले भने, ‘हाम्रो विश्वविद्यालयको पठनपाठनको स्तरीयकरण गर्ने र नेपालमै पठनपाठनको विश्वास जगाउने, बस्ने, पढ्नेमा विश्वास जगाउन सरकारको गम्भीर ध्यान जाओस्।’
गत शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने ६ जना घाइते भएका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam