कोशी प्रदेश कांग्रेस बैठक : कार्कीको समर्थन फिर्ता लिन अनुरोध


२६ असोज, विराटनगर : कोशी कांग्रेस कार्यसम्पादन समितिको बैठकले केदार कार्की र केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदलाई प्रस्तावका लागि हस्ताक्षर हस्तान्तरण फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ।

आज बसेको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने ८ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको हो।

कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाका अनुसार बैठकले पार्टीलाई एकताबद्ध बनाउन कोशी संसदीय दललाई अनुरोधसमेत गरेको छ।

त्यस्तै, केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार काङ्ग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको छ।

कांग्रेस सांसद केदार कार्कीले आफू पक्षीय ८ जना र नेकपा एमालेका ३९ सांसदहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्‍यमन्त्रीमा दाबी पेस गरिसकेका छन्।

TOP