प्रदेशमा देखिएको संकट टरेको छ : मुख्यमन्त्री कार्की
२८ असोज, विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा सरकार बनेपछि कोशी प्रदेशमा देखिएको संकट टरेको प्रतिक्रिया दिएका छन्।
आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन्।
कोशीमा मध्यावधिको सम्भावना टरेको बताउदै मुख्यमन्त्री कार्कीले प्रदेशसभा विघटन नहुने र अब सहमतिको सरकार बन्ने दाबी गरे।
आफूलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका कांग्रेस सांसद शमशेर राई र नेकपा एमालेका सांसद रामबहादुर राना मगरलाई कार्कीले बिनाविभागीय मन्त्री नियुक्त गरेका छन्।
कांग्रेसका ८ जना र एमालेका ३९ जनाको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam