भन्सारबाटै अवैध आयात निर्वाध, गुपचुपमा तस्करी मिलाउने प्रयास
कपिलवस्तुको सुठौली भन्सार नाकाबाट अवैध आयात बढ्न थालेको छ । सीमित परिमाणमा वस्तु आयात हुने भन्सारबाटै अवैध आयात बढेपछि राजस्वमा समेत ह्रास आएको छ ।
पछिल्लो वर्षको तुलनामा राजस्व लक्ष्य समेत भेट्न नसकेको मर्यादापुर भन्सार कार्यालय राजस्व संकलनभन्दा पनि राजस्व छलीको केन्द्र बन्दै गएको बताइन्छ । भन्सार एजेन्ट तथा व्यापारीहरुको प्रभावमा भन्सार कार्यालयले समेत घोषणा गरेकै अनुपातमा भन्सार जाँचपास गरेपछि उक्त अवस्था आएको हो ।
दुई महिनाअघि मात्रै भन्सारमा घोषणा गरिएकोभन्दा ल्याइएको परिमाण बढी देखिएपछि कपिलवस्तु प्रहरीले आठ वटा फ्लाइएसका गाडी नियन्त्रणमा लिई राजस्वमा बुझाएको थियो । त्यो घटना सेलाउन नपाउँदै असोज १८ गते ग्रेनाइड पैठारी गर्ने बालाजी टे«डलिंकले १०५ टन सामान भन्सार गर्ने क्रममा ६३ टनको मात्र भन्सार घोषणा गरेको यथार्थ खुल्न आएको छ ।
उक्त गाडी तौल गर्ने क्रममा १०० टन क्षमताको स्थानीय साहिल धर्मकाटा नै भत्किएपछि स्थानीय केही व्यापारीले विरोध गरेका थिए । विरोध लगत्तै मर्यादापुर भन्सारले जाँचपास अघि नबढाए पनि सोही दिन राति १० बजे भन्सार कार्यालयका नासु जीवन खत्रीले जाँचपास गराएका एजेन्ट मोहन कसौधनलाई सोबारे जानकारी गराएको स्रोतको दाबी छ ।
उनले पुनः राति १० बजे सोही सामानको अर्को १०५ टनकै भन्सार अनलाईन फारम भरेका थिए । स्रोतका अनुसार भन्सार प्रमुख चुराबहादुर सुर्तुङ्गी र बालाजी टे«डलिंकका सञ्चालक अमरदीप कसौधनबीच ‘कुरो’ नमिलेपछि उक्त घटनाबारे विभागमा जानकारी गराइएको थियो ।
बालाजी ट्रेडलिंकले यसअघि तीन पटक यसैगरी बढि सामान कम परिमाण घोषणा गरेर भन्सार जाँचपास गराएको भन्सार कर्मचारीहरुको दाबी छ । असोजमा दुई पटक र भदौमा एक पटक यही फर्मुलामा भारतबाट ग्रेनाईड ल्याइएको थियो । भन्सार श्रोतका अनुसार तौलिहवा निवासी अमरदीप कसौधन, भन्सार एजेन्ट मोहन कसौधन र नासु जीवन खत्रीबीच घनिष्ठ सम्बन्धले राजस्व छलीलाई प्रश्रय दिएको छ ।
बालाजी ट्रेड लिंकले असोज १८ गते नेपाल ल्याएको आरजे ११ जिसी ५२८७ नम्बरको भारतीय ट्रकमा लोड गरिएको १०५ टन ग्रे्रनाइडको ल्याण्ड कस्टम स्टेशन खुनुवामा १०५ टनको भन्सार तिरेको थियो । त्यसक्रममा रिसभ ग्रेनाइड्स राजस्थानको नामबाट दुई वटा जिएसटी बिल समेत बनाएको पाइएको हो ।
भारतीय कस्टमका लागि १०५ टनको ४ रुपैया भारु प्रति किलो र नेपालमा भन्सार गराउन ६३ टनको १४ रुपैया भारु प्रति किलोको दरमा खरिद बिल बनाइएको थियो । भन्सार विभागले ग्रेनाइडको न्यूनतम दर प्रतिकिलो १४ रुपैया भारु तोकेको छ । तर ल्याइएका ग्रेनाइड २० देखि ३० रुपैया प्रतिकिलोसम्म पर्ने खालका हुन् ।
भन्सार कर्मचारी तथा व्यापारीबीचको सम्बन्धकै कारण कारवाही प्रक्रियामा समेत ढिलासुस्ती गरिएको छ । १८ गतेको घटनालाई भन्सार कर्मचारी तथा प्रमुख सुर्तुङ्गीले अघि बढाउन अझै आनाकानी गरेका छन् । भन्सार विभागले उक्त विषयबारे आवश्यक अनुसन्धानका लागि भैरहवा भन्सारलाई आदेश दिएपनि मुद्दा प्रक्रिया तथा जरिवाना र कारवाही भने मर्यादापुरले नै गर्दछ ।
भन्सार स्रोतका अनुसार भन्सार छलीमा संलग्न बालाजी ट्रेडलिंकले थप ४२ टनको भन्सार, अन्तशुल्क, भ्याट, जरिवाना सबै गर्दा ३० लाख बढि तिर्नुपर्ने हुन्छ । यसअघि कर्मचारी र व्यापारीको कुरा मिलेकै कारण ती पटक ठूलो परिमाणमा सोही नाकाबाट बालाजी टे«ड लिंकले ग्रेनाइड ल्याएको समेत छानबिन गरिनुपर्ने माग स्थानीय व्यापारीहरुले उठाउन थालेका छन् ।
उनीहरुका अनुसार , सिमेन्टमा प्रयोग गरिने कच्चा पदार्थ, खाद्यान्न, आलु, टायलहरुको भन्सार जाँचपास समेत शंकास्पद रहेकाले भन्सारले आफ्नै तौल मेशिन राख्नुपर्ने देखिन आएको छ । भन्सार प्रमुख चुराबहादुर सुर्तुङगीले उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र तत्काल केही बोल्न नमिल्ने बताए ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam