इजरायलले भन्यो– हमाससँगको युद्ध दोस्रो चरणमा प्रवेश गर्‍यो

एजेन्सी

१२ कार्तिक, इजरायलले हमाससँगको युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजापट्टीमा हमासविरुद्ध गरिएको आक्रमण दोस्रो चरणमा प्रवेश गरेको प्रतिक्रिया दिएका हुन्।

गत हप्ता इजरायलका रक्षामन्त्री योआब ग्यालेन्टले हमासविरुद्धको आक्रमण तीन चरणमा हुने बताएका थिए। पहिलो चणमा हमासको संरचना ध्वस्त गर्ने उद्देश्य इजरायलको थियो। दोस्रो चरणमा हमासका सैन्य बेस ध्वस्त नष्ट गर्ने र तेस्रो चरणमा गाजापट्टीबाट आफ्ना नागरिकतर्फ जोखिम न्यून गर्ने लक्ष्य इजरायलको छ।

तेस्रो चरणको हमासविरुद्धको आक्रमणपछि इजरायलले आफ्नो देशको सुरक्षा संरचनालाईसमेत परिमार्जन गर्नेछ। तीन हप्तादेखि जारी हमास–इजरायलमा अहिलेसम्म गाजापट्टीमा करिब सात हजारको मृत्यु भइसकेको छ । हजारौँ आवासीय भवन ध्वस्त भएका छन्।

TOP