ट्राफिक चेकिङमा नागरिक एपमा देखाएको लाइसेन्सलाई मान्यता दिइने
१३ कार्तिक, काठमाडौं : ट्राफिक प्रहरीले चेकिङका क्रममा नागरिक एपमा देखाउने सवारी चालक अनुमति पत्र (लाइसेन्स)लाई मान्यता दिने भएको छ।
नागरिक एपको फेसबुक पेजमार्फत् सूचना जारी गर्दै सरकारले अब ट्राफिक चेकिङका क्रममा नागरिक एपमा देखाएको सवारी चालक अनुपति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको जनाएको हो ।
‘आदरणीय सेवाग्राहीहरु, नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ। सूचनामा भनिएको छ, ‘यदि नागरिक एपमा तपाईंको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस्।’
यो व्यवस्थासँगै ट्राफिक नियम उल्लंघन नगरेको अवस्थामा मोबाइलबाटै देखाइने लाइसेन्सले मान्यता पाउने भएको छ। ट्राफिक नियम मिचेको अवस्थामा भने चिट काट्नका लागि ट्राफिक प्रहरीले लाइसेन्स वा ब्लुबुक राख्ने गरेको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam