निमावि शिक्षक लाइसेन्सको परीक्षा केन्द्र हेरफेर
१३ कार्तिक, काठमाडौं : शिक्षक सेवा आयोगले यही कात्तिक १८ गने बाट हुने भनिएको बागमती प्रदेश काठमाडौं जिल्लाको निमावि शिक्षक लाइसेन्स परीक्षा केन्द्र परिवर्तन गरेको छ।
आयोगले १८ कात्तिक दिउँसो १ बजे सञ्चालन गर्न लागेको निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको बागमती प्रदेश काठमाडौं जिल्लाका तोकिएको परीक्षा केन्द्र र लोकसेवा आयोगबाट सञ्चालन हुने परीक्षा केन्द्रसँग जुध्न गएको भन्दै परीक्षा केन्द्र परिवर्तन गरिएको सूचना प्रकाशित गरेको छ।
आयोगले परीक्षा केन्द्र समन्वय समिति काठमाडौंको सिफारिस र आयोगको आयोगको आइतबारको निर्णय अनुसार परीक्षा केन्द्र परिवर्तन गरिएको जनाएको छ।आयोगको अनुसार जनप्रभात मावि कालिमाटी क केन्द्रको काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट, कालीमाटी क केन्द्रमा, जनप्रभात मावि कालिमाटी ख केन्द्रको काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट, कालीमाटी ख केन्द्रमा परीक्षा केन्द्र सारिएको छ।
त्यस्तैगरी नन्दी मावि नक्साल, काठमाडौंको धुम्रवराही मावि धुम्रवराही काठमाडौंमा, रत्नराज्य मावि बानेश्वर क केन्द्रको पद्यमकन्या विद्याश्रम मावि, डिल्लीबजार क केन्द्रमा, रत्नराज्य मावि बानेश्वर ख केन्द्रको पद्यमकन्या विद्याश्रम मावि, डिल्लीबजार ख केन्द्रमा, शान्तिविद्या गृह मावि लैनचौर क केन्द्रको कन्या मन्दिर मावि न्यौखा, क केन्द्रमा र शान्तिविद्या गृह मावि लैनचौर ख केन्द्रको कन्या मन्दिर मावि न्यौखा, ख केन्द्रमा सारिएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam