ट्राफिक प्रहरीको प्रष्टीकरण : कारबाहीमा परे सक्कलै लाइसेन्स चाहिन्छ
१३ कार्तिक, काठमाडौं : ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाका क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र (लाइसेन्स) चाहिने बताएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले फेसबुक पेजमार्फत् सूचना जारी गर्दै नागरिक एपको लाइसेन्स देखाउँदा उक्त चालक लाइसेन्स प्राप्त गरेको व्यक्ति हो वा होइन भन्ने कुराको जानकारीका लागि मात्रै मान्य हुने स्पष्ट पारेको हो।
‘हाललाई कुनै चालकले नागरिक एपमा लिंक रहेको सवारी चालक अनुमति पत्र देखाउँदा उक्त चालक लाइसेन्स प्राप्त गरेको व्यक्ति हो होइन भन्ने कुराको जानकारीको लागि मात्र मान्य हुने । तर ट्राफिक नियम उल्लंघन र कारबाही प्रकृयाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने ब्यहोरा जानकारी गराइन्छ।’ महाशाखाले जारी गरेको सूचनामा भनिएको छ।
सरकारले ट्राफिक जाँचका बेला नागरिक एपमा लिंक गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) मान्य हुने निर्णय गरेको छ। तर अब लाइसेन्स नै बोक्न नपर्ने गरी समाचारहरू आएपछि महाशाखाले यस विषयमा थप स्पष्ट पारेको हो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam