एमालेले सरकारबाट बाहिरिँदाको पीडा संसद् अवरोध गरेर पोख्यो : माधव नेपाल
१६ कार्तिक, काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारबाट बाहिरिँदाको पीडा संसद् अवरोध गरेर पोखेको आरोप लगाएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमालेलाई लक्षित गर्दै सत्ताबाट बाहिरिँदाको पीडा संसद् अवरोध गरेर नहुने बताएका हुन्। सरकारलाई मात्रै दोष दिएर नहुने भन्दै प्रतिपक्षले पनि आफूभित्रको कमजोरी हेर्नुपर्ने नेपालले बताए।
‘सत्ताबाट हट्नुपर्ने पीडालाई यसरी सदनलाई अवरोध गरेर सरकारलाई असहयोग गर्नेगरी व्यक्त गर्ने काम गर्ने होइन। त्यसले जनतालाई असर गर्छ। सरकारको गरेको कामलाई राम्रो भन्न सक्नुपर्छ। त्यसैलाई रचनात्मक विपक्ष भनिन्छ। पीडा पोखेर, धारे हात लगाएर सदन अवरोध गरेर मात्रै हुँदैन, हामीले जनताको आवाजलाई प्रष्फुटित गर्नको लागि तीनवटै मोर्चामा लाग्नुपर्छ’,नेपालले भने।
नेपाल नयाँ दलहरूप्रति समेत आक्रोशित बनेका थिए। नयाँ दलले पुराना दलमाथि विभिन्न आरोप लगाएको भन्दै विकल्प दिन उनले आग्रह गरे।
‘प्रधानमन्त्री र राज्यसञ्चालनमा पीडा भएको हो राजनीतिमा विकल्प दिनुस्। तर, व्यवस्थामाथि आँच आउने गरी प्रश्न उठाउने अधिकार तपाईंहरूलाई छैन। हामीले तपाईंहरूको खुट्टी देखिसकेका छौँ’,उनले भने।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam