संघीय संसद्को वर्षे अधिवेशन अन्त्य
१६ कार्तिक, काठमाडौँ : संघीय संसद्का राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनका चालू अधिवेशन अन्त्य भएको जानकारी गराइएको छ।
बिहीवारको राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चालू अधिवेशन अन्त्य भएको जानकारी गराए। यसैगरी प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले पनि अधिवेशन अन्त्य भएको जानकारी गराए।
चालू अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने अध्यक्ष र सभामुखले घोषणा गरे। नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८० कात्तिक १६ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य भएको सदनलाई जानकारी गराए।
बिहीवार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चालू अधिवेशन आज मध्यरातिबाट अन्त्य गर्ने निर्णय गरेको थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam