गाजापट्टीलाई इजरायली सेनाले गर्यो घेराबन्दीमा
१७ कार्तिक, एजेन्सी
काठमाडौं : इजरायली सेनाले गाजा सहरलाई पूर्णरुपमा घेरा हालेको छ।
इजरायल डिफेन्स फोर्सेजका प्रवक्ता डेयिनल हगारीले आफ्नो सेनाले गाजापट्टी घेरेको र हमासका कयौँ क्याम्पहरुमा आक्रमण जारी राखेको बताए। स्थलगत रुपमा लडिरहेका सैनिकलाई वायु तथा जल सैनिकले साथ दिइरहेको सैन्य अधिकारीको भनाइ छ।
इजरायलले पछिल्लो २४ घण्टामा हमासका १ सय ३० लडाकु मारिएको दाबी गरेको छ। उसले हमासको रकेट लञ्चिङ क्षेत्र, सैन्य गोदामका साथै सुरुङहरुमा समेत आक्रमण जारी राखिएको बताएको छ।
गाजामा इजरायली सैनिकका १९ जवान मारिएका छन्। योसहित गत अक्टोबर ७ यता हमास आक्रमणमा मारिने इजरायली सैनिकको संख्या ३ सय ३५ पुगेको छ। यसअघि इजरायली सेनाले घना आबादी रहेको उत्तरी गाजालाई खाली गर्न चेतावनी दिएको थियो।
त्यहाँबाट झण्डै ७ लाख मानिस दक्षिणी गाजातर्फ गइसकेका छन् भने सहरमा कति मानिस बाँकी छन् भन्ने तथ्यांक सार्वजनिक गरिएको छैन। उत्तरी गाजा हमास गतिविधिको मुख्य केन्द्र रहेको भन्दै इजरायलले त्यहाँका विभिन्न ठाउँमा बम वर्षा गरिरहेको छ।
इजरायली आक्रमणमा गाजामा ९ हजार बढीको मृत्यु भइसकेको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam