सरकारको काम नयाँ ढंगले अघि बढ्ने प्रधानमन्त्रीको दावी
६ मंसिर, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधवार सिंहदरबारमा पश्चिम तर्फको (रेट्रो फिटिङ भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले सरकारका कामकारबाही नयाँ ढंगले अघि बढाउने बताएका हुन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मात्रै नसारिएको बताउँदै कामको प्रकृति र गुण पनि अब नयाँ ढंगले जाने संकल्प पनि रहेको महसुस गरेको बताए।
उनले पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै उनले अब ताजा भई काम गर्न पाएको महसुस गरेको बताए। नयाँ भवन शुभारम्भले नयाँ गति पक्रिने र एकता अझ बलियो बन्ने बताए।
उनले भने, ‘हामी प्रधानमन्त्रीको कार्यालय सरेका छौँ। ठाउँ मात्रै सारिएको होइन, कामको प्रकृति र गुण पनि अब नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको महसुस गरेको छु। यो ठाउँमा आउँदा अलिकति सबैतिर देखिने, निस्किएर हेर्न पाइने, स्पेस पनि ठूलो कारणले अलि बढी दिमाग फुर्छ भन्ने महसुस गरेको छु। नयाँ शुभारम्भले नयाँ गति पक्रिने र हाम्रो एकता अझ बलियो हुनेछ।’
सञ्चारकर्मीहरूसँग कुरा गर्दै शहरी विकासमन्त्री सीता गुरुङले नयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रबलीकरण गर्ने काम लगभग पूरा भएको बताए। उनले पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रबलीकरण गर्ने काम सम्पन्न भएको बताए।
२०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर अहिले प्रधानमन्त्री सोही कार्यालयमा सरेका हुन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam