पिकनिकबाट फर्किएको बस दुर्घटना, तीनको मृत्यु, १२ गम्भीर
९ मंसिर, विराटनगर : पिकनिक खाएर फर्किएको बस उदयपुरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज दिउँसो अन्दाजी १ बजेको समयमा भएको उक्त दुर्घटनामा अन्य ३७ जना घाइते भएका छन्।
बसमा सवार ४० जना रहेका थिए । मृत्यु हुनेमा बसका चालकसमेत रहेका उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले बताए।
दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी चौधरीले बताए।
उदयपुरगढी गाउँपालिका-७ अधेरी झर्ना नजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका ५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा-६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको उनले जानकारी दिए।
त्यहाँको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र-०५-००१ ख ००४४ नम्बरको बस दुर्घटनामा परेको थियो। चालकले तेल हाल्न भनी झुक्याएर पिकनिकका लागि बस लिएर गएका बताइएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam