सडकमा उठेका आवाज सम्बोधन गर्न आयोगको माग
काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले सडकमा उठेका आवाजको सम्बोधन गर्न माग गरेको छ।
आयोगले मंगलबार प्रेस वक्तव्य जारी गर्दै विगत केही समयदेखि नेपाली नागरिकहरूको विविध प्रकारका असन्तुष्टीहरु सडकमा आइरहेको र त्यसलाई सरकारले मत्थर पार्न नसकी दैनिक रुपमा नागरिकहरूको मानव अधिकार, मौलिक हक अधिकारको उल्लंघन हुने गतिविधि तीव्र हुँदै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘राज्य संचालनमा भएका कमीकमजोरी र त्रुटीको परिणाम आम नेपाली नागरिकमा हजारौं व्यक्तिको ज्यान आहुतिबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति नै नागरिकहरूको असन्तुष्टि चुलिएको र व्यवस्थाका प्रमुख संचालक, राजनैतिक दलहरु तथा त्यसको नेतृत्वप्रति समाज नकारात्मक रहेको वास्तविक यथार्थ हो ।’ वक्तव्यमा भनिएको छ, ‘विद्राेह गर्न पाउने अधिकारको मानवअधिकार विश्वव्यापी घोषणापत्र १९४८ ले ग्यारेन्टी गरेता पनि आन्दोलनकारीको उच्छ्श्रृंखल गतिविधि तथा आन्दोलन दबाउने नाममा प्रशासनबाट हुने ज्यादतीले आम सर्वसाधारण नागरिकको मानवअधिकारको उल्लघंन हुने र जीउधनको असुरक्षा बढ्दै गएकोप्रति यो संगठन सरोकारवालाहरुलाई स्मरण गराउन चाहन्छ ।’
आयोगका कार्यवाहक अध्यक्ष इन्द्रप्रसाद अर्यालले सडकमा उठेको आवाजलाई तत्काल सम्बोधन गरी समस्याको समाधान गर्न तथा नागरिकको मानवअधिकारको संरक्षण गर्न सरोकारवालाहरुलाई आग्रह आग्रह गरेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam