इजरायली सेना गाजापट्टीको दक्षिणी क्षेत्रमा प्रवेश
१९ मंसिर, एजेन्सी
इजरायली सेना गाजापट्टीको दक्षिणी क्षेत्रमा प्रवेश गरेको छ। इजरायली सेनाले गाजाको खान युनिस शहरको उत्तरी क्षेत्रबाट स्थलगत आक्रमण शुरु गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
इजरायलले सुरुवातमा गाजा पट्टीका अस्पतालहरू घेरा हाल्न शुरु गरेको छ। अस्पतालमा घेरासँगै इजरायलले अन्धाधुन्ध बमबारी शुरु गरेको छ। प्यालेस्टाइन रेड क्रिसेन्टले इजरायली बमबारीका कारण गाजामा दूरसञ्चार सेवा बन्द भएपछि आफ्ना टोलीहरूसँग सम्पर्क टुटेको बताएको छ।
यसैबीच प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले ‘प्यालेस्टिनी राज्यको अभिन्न अङ्ग’ रहेको गाजा पट्टीको कुनै पनि भागलाई अलग गर्ने इजरायलको योजना मान्य नहुने प्रतिक्रिया दिएका छन्। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससँगको टेलिफोन वार्तामा अब्बासले गाजा पट्टीमा प्यालेस्टिनी जनतामाथि भइरहेको आक्रमण तत्काल रोक्न र विनाशको विपत्तिबाट सर्वसाधारणलाई जोगाउन आग्रह गर्नुभएको छ।
उनले तत्काल स्वास्थ्य तथा खाद्य सामग्रीलगायत राहतको प्रवेश बढाउन र आधारभूत सेवा सञ्चालन गर्न आवश्यक सहयोग उपलब्ध गराउन समेत आग्रह गरे।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…



ghanashyam