संखुवासभामा मोटरसाइकल दुर्घटनाबाट एकजनाको मृत्यु
२७ मंसिर, संखुवासभा : जिल्लाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
खाँदबारी –किमाथाङ्का सडक खण्डको मकालु –३ नयाँ बस्तीमा मोटरसाइकल दुर्घटना हुँदा भोटखोला गाउँपालिका –२ का रुकुमाका ३५ वर्षीय फुर्पु छिरिङ लामा (कान्छा) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।
प्रहरी निरीक्षक लामिछानेका अनुसार मोटरसाइकल दुर्घटनामा घाइते भएका लामाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मकालु गाउँपालिका –५ नुममा गएराति मृत्यु भएको हो।
मंगलबार बेलुका साढे ४ बजे भोटखोला गाउँपालिकाको गोलाबाट सदरमुकाम खाँदबारी आउँदै गरेको प्रदेश १–०२–०५२ प ०४५२ नम्बरको मोटरसाइकल सडकभन्दा १ सय मिटर तल खसेको थियो। खाँदबारी –किमाथाङ्का सडक खण्ड कच्ची र खाल्डाखुल्डी भएका कारण दुर्घटना भएको स्थानीयको भनाइ छ।
मोटरसाइकल दुर्घटना परेर भोटखोला गाउँपालिका –४ का चालक ३२ वर्षीय तटुक शेर्पा घाइते भएका छन्। घाइते शेर्पाको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार भइरहेको छ।
मृतक लामाको शव बुधबार जिल्ला अस्पताल संखुवासभामा पोष्टमार्टम गरिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam