लुम्बिनीमा महिला कर्मचारीलाई ‘महिनावारी’ बिदा
दाङ : लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई महिनावारी बिदा दिने भएको छ। निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न वनेको ऐनको परिच्छेद १३ को ११७ मा निजामती कर्मचारीले पाउने विदामा महिनावारी (पिरियड) बिदा भनेर समावेश गरिएको छ।
कर्मचारीले भैपरी आउने र पर्व बिदा, घर बिदा अनी महिनावारी पिरियड बिदा, बिरामी बिदा, प्रसुती बिदा, प्रसुती स्याहार बिदा, मृत्यु संस्कार बिदा, अध्ययन बिदा, असाधारण बिदा पाउने उल्लेख छ। बिदा निजामती कर्मचारीको अधिकार नभई सहुलियत मात्र रहेको ऐनमा उल्लेख गरिएको छ।
प्रदेशसभामा असार २२ गते बिधेयक दर्ता भएको थियो। सरकारले दर्ता गरेको बिधेयक माथी निरन्तर छलफल भएको थियो। भदौ २२ गते प्रदेश सभाको बैठकले सर्वसम्म रुपमा बिधेयक पारित गरेको थियो। यो विधेयकलाई प्रदेश प्रमुख अमिक शेरचनले मंसिर २१ गते प्रमाणिकरण गर्नुभएको थियो। प्रदेश सरकारले ऐन राजपत्रमा प्रकाशित गर्न बाँकी छ।
राजपत्रमा प्रकाशित भएपछि सबै कर्मचारीलाई जानकारी हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ। यो विदा लुम्बिनी प्रदेश मातहतमा रहेका कर्मचारीले मात्र पाउने छन्।
अहिले प्रदेशमा दुई हजार ६ सय कर्मचारी छन्। जसमध्ये पाँच सय ५० महिला कर्मचारी छन्। स्थानीय तहमा लागू हुनको लागि भने स्थानीय तह सेवा ऐन बन्नुपर्ने छ। यो ऐन बनाउन प्रदेश सरकारले विधेयकको प्रस्तावना बनाउने तयारीमा छ।
लैंगिकताको दृष्टिकोणले महिनावारी विदालाई ऐनमा समावेश गर्न सफल भएको र अब यसलाई कार्यान्वयनमा लगिनुपर्ने प्रदेश सभा सदस्य निमा गिरीले बताइन्। महिनावारी भएको समयमा एक दिन महिलाले बिदा पाउने व्यवस्था गरिएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam