राष्ट्रिय सभा निर्वाचन : दल दर्ता गर्ने आज अन्तिम दिन
काठमाडौं : आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय शुक्रबार सकिँदैछ।
मंसिर २२ गते सूचना जारी गर्दै निर्वाचन आयोगले मंसिर २४ देखि आज २९ गतेसम्म दल दर्ता गर्न भनेको थियो, जसअनुसार शुक्रबार कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्नेछ ।
शुक्रबारसम्ममा दर्ता गर्ने दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन्। आयोगका अनुसार नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी, नेमकिपा र जसपालगायतले दर्ताको निवेदन दिइसकेका छन्। नेपाली कांंग्रेसले शुक्रबार नै दल दर्ता गर्ने जनाएको छ।
आगामी फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदैछ। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ भने एक पदमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam