१६ किलोग्राम गाँजासहित दुई जना पक्राउ
२९ मंसिर, उदयपुर : उदयपुरगढी गाउँपालिका-७ हाडे बासबाट करिब १६ किलो ३ सय ३० ग्राम गाँजासहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रौतामाई गाउँपालिका-४ मालवासे बस्ने ५५ वर्षीय मोटे रोका र २३ वर्षीय नेत्र परियार रहेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो।
प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam