सवा लाख विदेशी विद्यार्थी भित्र्याउने प्याब्सनको दावी
२९ मंसिर, काठमाडौँ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुंगानाले सवा लाख विदेशी विद्यार्थी नेपाल भित्र्याउने ध्येय रहेको बताएका छन्।
उनले प्याब्सनको एकमात्रै लक्ष्य नेपालको शिक्षालाई अन्तरराष्ट्रिय स्तरमा पुर्याउनु रहेको पनि दावी गरे। उनले सवा लाख विद्यार्थी विदेश जाने नभई त्यति विद्यार्थी नेपाल भित्र्याउने बताए।
शुक्रवार काठमाडौँमा प्याब्सनले आयोजना गरेको दुईदिने अन्तरराष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
ढुंगानाले भने, ‘हाम्रो देशबाट वर्षेनि सवा लाख विद्यार्थी विदेश गइरहेका छन्। सवा लाख विद्यार्थी विदेश जाने नभई सवा लाख विद्यार्थी नेपाल भित्र्याउने ध्येय हाम्रो प्याब्सनको हो। हाम्रो एउटा मात्रै ध्येय नेपालको शिक्षालाई कसरी हामी अन्तरराष्ट्रिय स्तरमा पुर्याउन सक्छौँ।’
यसका लागि अध्यक्ष ढुंगानाले निजी विद्यालयलाई पनि सरकारले नीतिमा सहजता र सरलता, कक्षा कोठा, भौतिक पूर्वाधार विकासका लागि चाहिने सहयोगमा सामुदायिक विद्यालयझैँ गरी अघि बढाउन कसरी सक्छ भन्ने बारेमा छलफल गर्ने बताए।
कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाललाई शैक्षिक केन्द्र बनाउनुपर्ने बताएका छन्। उनले नेपाललाई एजुकेशनल हब बनाउनसके र नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्नसके नेपालको स्तर माथि उठ्ने दाबी गरे।
मन्त्री गुरुङले भने, ‘नेपाललाई एजुकेशनल हब बनाउन सकियो भने यहीँ आउँछन् नि। गुणस्तरीय शिक्षा प्रदान गर्न सकियो भने विदेशी विद्यार्थी यहाँ नै आउँछन्। विद्यार्थी मात्रै होइन, कहिले काहीँ उनीहरूका अभिभावक पनि आउँछन्। त्यसले देशलाई माथि उठाउने काम गर्ला नि।’
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam