कपिलवस्तुमा सय क्युन्टल अवैध चामल बरामद
शिवराज अनलाइन
कृष्णनगर, ११ पौष । जिल्लाकाे ईप्रका कृष्णनगरले ९९ सय क्युन्टल ५० किलो अवैध चामल बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महादेवाबाट वेबारिसे अवस्थामा राखेको ४९ क्युन्टल ५० किलो र महादेवाबाटै ५० क्युन्टल अवैध चामल प्रहरीले बरामद गरेको हो ।
कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार तस्करले भारतबाट नेपालतर्फ चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा उक्त अवैध चामल नियन्त्रणमा लिएको हो । कृष्णनगर नगरपालिका–४, महादेवा बस्ने ट्रयाक्टर चालक सुकई केवटले लु ३ त ९५०४ नम्बरको ट्रयाक्टरबाट ५० क्युन्टल चामल ल्याउँदै गर्दा ट्रयाक्टर सहित नियन्त्रणमा लिएकोे प्रहरी निरीक्षक ओलीले बताए ।
बरामद गरिएको चामलको मूल्य ३ लाख ४८ हजार २ सय ५० रुपियाँ बराबर रहेको प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले सो अवैध चामल सहित ट्रयाक्टर नियन्त्रण लिएको हो । बरामद गरिएको अवैध चामल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको प्रहरीले जनाएको छ ।
नेपालले चामल आयातमा प्रतिबन्ध लगाएपछि पहिल्लो समय चामलको तस्करी मौलाएको छ । तस्करले अवैध रुपमा दिनहुँ चोरी निकासी गरिरहेको स्रोतले जनाएको छ । चामलको तस्करी मौलाउँदै जाँदा प्रहरीले गस्ती टोलीलाई निगरानी बढाउन सक्रियता देखाएको छ ।

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam