पुर्व राजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण
कपिलवस्तु । पूर्व राजा ज्ञानेन्द्र शाहले गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण छन् । उनले पूर्व राजा स्व. वीरेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका हुन् ।
शनिबार कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरिएको जनाइएको छ । शिवराज नगरपालिकाकाको २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । पुर्वा राजा शाह भैरहवादेखि बहादुरगञ्जसम्मको हुलाकी बाटो हुँदै दिउँसो ३ बजेतिर खैरेन्द्रपुरमा पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गर्न पुगेका थिए ।
आधा घण्टाको बसाईपछि उनी भैरहवा फर्केका थिए । नगरपालिकाले आयोजना गरे पनि सो कार्यक्रममा कांग्रेस, एमाले तर्फबाट निर्वाचित कोही पनि जनप्रतिनिधि सहभागी थिएनन् । राप्रपाको तर्फबाट मेयरमा निर्वाचित अजय थापाको विशेष पहलमा त्यहाँ पृथ्वी नारायण शाहको शालिक निर्माण भएको हो ।
मेयर थापाले पूर्व राजा वीरेन्द्र शाहको जन्मोत्सवको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको करकमलबाट शालिक शिलान्यास हुन आफैमा ऐतिहासिक क्षण रहेको बताए । उनले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी नयाँ नेपाल निर्माण गरेका पृथ्वी नारायण शाहलाई यो विशेष अवसरमा सम्मान दिन पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam