१९ आन्तरिक विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान गरिँदै
१५ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एकसाथ १९ वटा आन्तरिक विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स–रे मेसिन जडान गर्ने भएको छ ।
मेसिन जडान गर्न आवश्यक सामग्रीहरु खरिद गर्ने काम भइसकेको भन्दै उनले आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने तयारी रहेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
उनका अनुसार लुक्ला, रामेछापसहितका विमानस्थलमा यस्तो मेसिन जडान गर्न लागिएको छ । यसले हवाई सुरक्षा अभिवृद्धि हुने र यात्रु तथा वायुयान कम्पनीलाई समेत सहयोग पुग्ने उनको भनाइ छ ।
भरतपुर, सिमरा, राजविराज तथा तुम्लिङटार विमानस्थलमा नयाँ फायर फाइटिङ भेहिकल खरिद गर्ने काम सुरु भएको समेत उनले जानकारी दिए ।
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
भदौ १५, २०८३
विजयनगर, १५ भदौ । अस्थायी प्रहरी पोष्ट खडैचाले सर्पदंशबाट बच्ने उपायबारे सर्वसाधारण नागरिकलाई सचेत गराइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम…



ghanashyam