विद्युत् प्राधिकरणले काट्यो हुलास स्टीलको बिजुली
२३ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा थप एक उद्योगको बिजुली काटेको छ ।
प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टीलको विद्युत् लाइन सोमबार बिहान काटेको हो । उद्योगको नाममा मंसिरसम्मको बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको छ ।
प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटिसकेको छ । यसमध्ये हिमाल स्टीलले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यस बापतको पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको छ ।
प्राधिकरणले ७ पुसदेखि बक्यौता नतिर्ने उद्योगको लाइन काट्न थालेको हो ।
मृतक र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
भदौ १६, २०८३
१६ भदौ, काठमाडौँ । चीनको दक्षिण-पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङमा गएको विनाशकारी पहिरोमा परी ज्यान गुमाउने तथा बेपत्ता भएकाहरूको…



ghanashyam