वायुसेवा निगम र विमानस्थल सुधारको प्रतिवेदन तत्काल ल्याउनू : संसदीय समिति
काठमाडौँ : संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारको लागि हालसम्म भएको अध्ययन प्रतिवेदनहरु यथाशीघ्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ।
संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले सो निगम तथा विमानस्थलहरुको सुधारका लागि हालसम्म भएको अध्ययन, अनुसन्धानसम्बन्धी सम्पूर्ण प्रतिवेदन पेश गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।
बैठकमा समितिले सो सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र निगमका पदाधिकारीसँग छलफल गरेको थियो।
समितिको बैठकमा भएको छलफलका आधारमा निगम र विमानस्थल सुधारसम्बन्धी हालसम्मको अध्ययन प्रतिवेदन छिटोभन्दा छिटो समितिमा पेश गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति राजकिशोर यादवले बताए।
समितिले प्रधानमन्त्री कार्यालयको विधेयक शाखामा अड्किएर बसेको नागरिक उड्डयनसम्बन्धी विधेयकबारे गम्भीर चासो व्यक्त गर्दै त्यसको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन सरकारलाई भनेको छ।
बैठकमा समितिका सदस्यहरुले नेपाल वायुसेवा निगमको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसको सुधारका लागि ठोस कदम नचालेकामा सरकारको आलोचना गरेका थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam