भारत उडे रवि, स्वर्णीमलाई कार्यवाहक सभापतिको जिम्मा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा निस्केका छन्।

पार्टीकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार भारतमा रहेका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सभापति लामिछाने र उपसभापति डोलप्रसाद अर्याल शनिबार बिहान भारत गएका हुन्।

उनीहरू आज र भोलि भारतमै रहने कार्यतालिका छ। उनीहरू विदेश गएको हुनाले यस समयमा पार्टीको कार्यवाहक सभापतिको जिम्मा डा. स्वर्णिम वाग्लेलाई दिइएको छ। पार्टी वा सरकारको कार्यकारी व्यक्ति देशबाहिर जाँदा दोस्रो मर्यादाको व्‍यक्तित्वलाई कार्यवाहकको जिम्मेवारी दिने प्रचलन छ।

TOP