आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्न माधव नेपालको आग्रह
काठमाडौँ : सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताएका छन्।
आइतवार काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। अध्यक्ष नेपालले मुलुकमा विद्यमान व्यवस्थाविरुद्ध प्रतिगामी तत्त्वले विभिन्न गतिविधि सञ्चालन गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्न पनि सरकार र सत्तारुढ गठबन्धनमा आबद्ध राजनीतिक दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र आवश्यकताअनुसार परिमार्जन देशको अर्थतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताए।
उनले गठबन्धन दलले तयार पारेका न्यूनतम नीति तथा कार्यक्रमलाई अझ गतिका साथ कार्यान्वयनमा लैजान पनि सरकारलाई सुझाव दिए। अध्यक्ष नेपालले राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा सन्तुलित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन पनि सरकारलाई सचेत गराए। उनले जलवायु परिवर्तनले पारेका असर न्यूनीकरण गर्न सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याए।
नेपालले भने, ‘सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने प्रयास गरिरहेको छ। आर्थिक क्षेत्रको सुधार र भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने आवश्यकता छ। वर्तमान वाम लोकतान्त्रिक शक्तिको सरकारसामु निश्चित दायित्व छन्। यति वेला हाम्रो पार्टी तीनवटै तहको सरकारमा संलग्न छ। हामो पार्टी यो सरकारले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको छ।’
अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा संलग्न रहेकाले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको दाबी गरे।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam