कोशीमा मन्त्रिपरिषद् विस्तारको दबाब, मुख्यमन्त्रीले मागे समय
विराटनगर : कोशी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ। मुख्यमन्त्री कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको स्रोतले जनाएको छ। तर, मन्त्रिपरिषद् विस्तार कहिलेसम्म हुने भन्ने मिति चाहिँ तय भएको छैन।
मन्त्रिपरिषद् विस्तारको विषयमा समान्य छलफल भएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए। शुक्रबार बैठक बसेको भए ठोस निर्णय नभएको एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले बताए।
‘हामीले सरकार विस्तार छिटो गर्नु भनेर जोड गरेका हौँ, मुख्यन्त्रीज्यूले समय माग गर्नुभएको छ,’ राईले भने,‘हाम्रो चाहिँ तयार भएकाले जोड गरेको हो मुख्यमन्त्रीज्यूले समय माग गर्नुभएको छ।’
कांग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी रहेको स्रोतले जनाएको छ।
यता, माओवादी केन्द्रबाट भने एकजना मात्रै मन्त्री बन्ने परिस्थिति हुँदा उदयपुरका नारायण बुर्जामगर हुने सम्भावना छ। तर, माओवादीबाट दुई मन्त्री बन्दा संखुवासभाका राजेन्द्र कार्की नियुक्त हुने सम्भावना रहेको छ।
यता, मुख्यमन्त्री कार्कीले माओवादीबाट तत्कालका लागि एकजना मात्रै मन्त्री थप गर्ने योजनामा छन्। तर, माओवादीले दुई मन्त्री नियुक्त गर्न दबाब दिइरहेको छ।
हाल कांग्रेसबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भइसकेका छन्।
कांग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam