रोगहरूको व्यवस्थापन गर्न एकीकृत मार्गदर्शनको माग
काठमाडौँ : विज्ञहरूले रोगहरूको व्यवस्थापन गर्न एकीकृत मार्गदर्शन बनाउन जरुरी रहेको बताएका छन्।
७१ औं विश्व कुष्ठरोग दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरूले सरकारले विभिन्न रोगको एकीकृत रोडम्याप बनाउन जरुरी रहेको बताएका हुन्। उनीहरूले कुष्ठरोग नियन्त्रणका लागि सामुदायिक स्तरमा राम्रोसँग निगरानी हुन नसकेको बताए।
उनीहरूले सबैको साझा पहल र सहयोगबाट मात्रै रोगहरूको नियन्त्रण हुनसक्ने बताए। कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्राले कृष्ठरोग नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले कुष्ठरोग नियन्त्रणका लागि सामुदायिक स्तरमा निगरानी राम्रोसँग गर्न नसकिएको बताए।
उनले कुष्ठरोग धेरैजसो मधेशका क्षेत्रमा देखिएको र अधिकांश युवा तथा बालबालिकामा रोग लागेको अध्ययनले देखाएको बताए। उनले रोग नियन्त्रणका लागि एकीकृत केस रिडिङ र सामुदायिक निगरानी तथा सर्भिलेन्स आवश्यक रहेको बताए।
उनले भने, ‘कुष्ठरोग नियन्त्रणका लागि सामुदायिक स्तरमा निगरानी राम्रोसँग गर्न सकिरहेका छैनौँ। समुदायस्तरमा केस नियन्त्रणका लागि सहयोग गरिदिनुहोस्। हामीले यसका लागि तालिम गरिरहेका छौँ। विभिन्न ठाउँमा पुगिरहेका छौँ तर यति प्रयासले हुँदैन। यसका लागि साझा प्रयास चाहिन्छ। पूरै मधेश र तराईको क्षेत्र यसमा छ। युवा पुस्तामा यसको बढी समस्या छ। इन्टिग्रेटेड डिजिज केस फाइनिङ र इन्टिग्रेटेड डिजिज सर्भिलेन्सको अब समय भइसकेको छ। हामीले एउटा डिजिजका लागि जनशक्ति छैन। एकीकृत रूपमा हामी गएनौँ भने फरक फरक रोगहरू नियन्त्रण गर्न सक्दैनौँ। त्यसलै एकीकृत रुपमा केस रिडिङ र सामुदायिक निगरानी तथा सर्भिलेन्स गर्नुपर्छ।’
सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले विभिन्न रोगका छुट्टै रोडम्याप भए पनि अब एकीकृत रुपमा रोडम्याप बनाउन जरुरी रहेको बताए। उनले नेपालमा जलवायु परिवर्तनको असर अत्यधिक बढेको बताए। तराईमा मात्रै लाग्ने डेंगु अहिले पहाड हुँदै हिमालसम्म देखिने गरेको भन्दै नेपालले अध्ययनका कार्यक्रम अघि बढाउन जरुरी रहेको बताए।
उनले कालाजारका बिरामी काठमाडौंमै भेटिसकिएको पनि बताए। यो वर्ष ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणा अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नारासहित कुष्ठरोग दिवस मनाइँदै छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam