ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनले आज संर्घषको कार्यक्रम सार्वजनिक गर्दै
१७ माघ, काठमाडौं : ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(विगेसो)ले आज संर्घषको कार्यक्रम सार्वजनिक गर्दैछ।
बिहान साढे ११ बजे काठमाडौंमा पत्रकार सम्मेलनमार्फत संर्घषको कार्यक्रम सार्वजानिक गरिने बिगेसोले जनाएको छ। बिगेसोले सन् १९४७ को गोर्खा भर्ति सम्बन्धि त्रिपक्षिय सन्धि खारेजीको बारेमा सर्वोच्चले २०७९ माघ २४ गते फैसला गरेर कार्यान्वयनका निम्ति निर्देशनात्मक आदेश जारी हुँदा पनि अगाडी नबढेकोले संघर्षका कार्यक्रम ल्याउनु परेको बताएको छ।
बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डस नेपाल भ्रमणमा रहेको बेला भुतपुर्व गोर्खा सैनिकले दबाब बढाउन पनि आन्दोलनका कार्यक्रम गर्न लागेको हो। सरकारले भने ब्रिटिश गोर्खालीहरूको बेलायती समकक्षहरू सरह समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको मागमा पहल गरिदिन बेलायती टोलीलाई अनुरोध गरेको छ।
बेलायती सेनाध्यक्ष सहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो।
त्यस क्रममा सरकारले समान पेन्सन र सुविधा उपलब्ध गराउन गरेको मागमा पहल गरिदिन बेलायती टोलीलाई अनुरोध गरेको हो।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…



ghanashyam