सल्यानबाट ६ महिनामा साढे २६ करोडको तरकारी र फलफूल निकासी
१७ माघ, सल्यान : सल्यानका किसानले एक सिजनमा २६ करोडभन्दा बढी रुपैयाँ भित्र्याएका छन्। गत असारदेखि मंसिरसम्म ४८ लाख ५७ हजार २४६ किलो तरकारी र फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ५० हजार रुपैयाँ कृषकले हात पारेका छन्।
विगतका वर्षहरूको तुलनामा यो वर्ष तरकारी उत्पादन पनि बढेको छ। गत आव २०७९।८० को झण्डै ६ महिनामा १७ करोड २३ लाख १६ हजार ६ सय रुपैयाँको ४२ लाख ९९२ किलो ताजा तरकारी, फलफूल र अदुवा बिक्री भएको थियो।
यो वर्ष गतवर्षको तुलनामा तरकारीको उत्पादन बढेको र मूल्य पनि राम्रो पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ।
देशकै दोस्रो तरकारी संकलन केन्द्र कपुरकोटमा असारदेखि मंसिरसम्म बजार सञ्चालन हुने गर्दछ। उत्पादित टमाटर, काउली, बन्दागोभी, भेडेखुर्सानी, सिमी, फर्सी, आलु लगायतका बेमौसमी तरकारीले योपटक राम्रो भाउ पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिए।
उनका अनुसार व्यापारीहरूले कपुरकोटबाट ताजा तरकारी ४६ लाख ३० हजार ८७१ किलो, अदुवा १ लाख २४ हजार १९ किलो र १ लाख २ हजार ३५६ किलो फलफूल खरिद गरेर लगेका छन्।
कपुरकोट क्षेत्रबाट सबैभन्दा धेरै टमाटर बिक्री भएको छ। किसानले १३ लाख ६९ हजार ४७५ किलो टमाटर बेची ८ करोड २३ लाख ८३ हजार ३८ रुपैयाँ आम्दानी गरेका छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam