आज बस्दैछन् यी चार संसदीय समितिका बैठक
१८ माघ, काठमाडौं : संघीय संसदका विभिन्न चार समितिका बैठक बिहीबार बस्दैछन्।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्ने तय भएको छ। बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल हुनेछ। बैठक बिहान साढे ११ बजे नै बस्नेगरी बोलाइएको छ ।
दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक डाकिएको छ। सोह्रौँ योजना तर्जुमा भइरहेको सन्दर्भमा योजनामा लैङ्गिक तथा दिगो विकास लक्ष्य मैत्री दृष्टिकोण बमोजिम निर्माण गर्न समावेश गर्नुपर्ने सुझाव लिनेगरी बैठक बोलाएको संसद सचिवालयले जनाएको छ।
यस्तै प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ। बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam