पानी कम पिउनुहुन्छ ? स्वास्थ्यमा समस्या आउला

१८ माघ, पानी जीवनको आधार हो। हाम्रो शरीरको लगभग ७० प्रतिशत हिस्सा पानीले नै ओगटेको छ। शरीरमा पानीको अभाव भयो भने विभिन्न रोग लाग्ने गर्दछ।

पानी हाम्रो शरीरको हरेक कोष–कोषमा विद्यमान छ भने कोषको बाहिरपट्टि पनि एक्ट्रासेलुलार फूलईड (कोष बाहिरको तरल) को रुपमा पानी नै छ। हड्डी जस्तो कठोर अंगमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा ७२ प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, मांसपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत पानी छ भने सम्पूर्ण शरीरमा ७० प्रतिशत पानी रहेको अध्ययनले देखाएको छ।

यसरी जीवनको महत्वपूर्ण घटकको रुपमा रहेको यस यौगिकको शरीरमा क्षय पनि निरन्तर रुपमा भइरहने हुँदा यसको पूर्ति गर्नका लागि हामीले निरन्तर रुपमा (जलपान) पानी पिईरहनुपर्ने हुन्छ। तसर्थ वयस्क व्यक्तिले दैनिक ४–५ लिटर पानी पिउन आवश्यक छ।

पानी पर्याप्त नपिउँदा के हुन्छ त ?

१. मुख सुक्ने

शरीरमा पानी कम भएको मूख्य लक्षण भनेको मुख सुक्नु हो । शरीरमा पानीको मात्रा कम भएपछि ¥याल ग्रन्थिले पर्याप्त ¥याल बनाउन सक्दैन र फलतः मुख एवम् घाँटी सुक्दछ। यसर्थ तिर्खा लागेको बेलामा पानीपिएर नै तिर्खा मेट्नुपर्दछ।

२. छाला सुख्खा हुने

शरीरमा जल–अल्पता बढ्दै गए पछि छालामा रक्त प्रवाह गर्ने रक्तनलीहरु संकुचित भई छालाबाट हुने पानीको क्षय रोकिएर छालाको ओसिलोपन नाश हुन पुग्दछ। यस्तो अवस्थामा छाला सुख्खा हुने, चाउरिने, फुस्रो हुने, झुल्लिने र छालको प्राकृतिक चमक नष्ट हुने गर्दछ।

३. जोर्नी दुखाई

जोर्नी दुई हड्डीहरुको संगमलाई भनिन्छ। जोर्नीमा दुई हड्डीहरुलाई आपसमा बाँधेर राख्ने लिगामेन्टहरु हुन्छन् भने सन्धि स्थानमा कार्टिलजनामक कोमलतन्तुहरु पनि हुन्छन्। शरीरमा पानीको अभाव भइरहेको खण्डमा यी तन्तुहरुमा हुने पानी कम भई तन्तुहरु विगठित हुन सक्छन्।

४. पिसाब पहेँलो हुनु

पिसाब स्वास्थ्यको दर्पण हो। पिसाबको रंगले स्वास्थ्यको धेरै आयामहरुको जानकारी दिन सक्छ र यसमध्ये पिसाबको रंगले शरीरमा पानी कम भए, नभएको विषयको पनि जानकारी दिने गर्दछ।

यदि पिसाबको रंग पहेंलो हुँदै गयो भने मान्नुहोस् कि तपाईंको शरीरमा जलअल्पता सुरु भइसक्यो र तपाईंको शरीरले पिसाबबाट हुने जलविसर्जनलाई रोक्न थालिसक्यो।

५. पिसाबको मात्रा कम हुनु

नियमित रुपमा पानी पिइरहने व्यक्तिले नियमित रुपमा पिसाब फेरिरहने गर्दछ तर शरीरमा पानीको मात्रा कम हुँदै गयो भने पिसाबको मात्रा र नियमितिता पनि कम हुने गर्दछ।

६. कब्जियत

मलविसर्जनको नियमितता अत्यन्त कम भई दैनिक एकपल्ट सम्म पनि हुन नसक्नु वा दिसाको मुलायमपन नष्ट भई साह्रो दिसा आउनुलाई कब्जियत भनिन्छ। उसै त कब्जियत अनेकौं कारणले हुने गर्दछ तर शरीरमा पानीको मात्रा कम भएको खण्डमा पनि कब्जियतका लक्षणहरु देखा पर्ने गर्दछ।

८. टाउको दुख्ने

बेला बेलामा टाउको चडक्क चड्कने वा दुख्ने समस्या शरीरमा पानीको मात्रा कम हुनाले भएको पनि हुन सक्दछ। सामान्यतया नियमित रुपमा टाउको दुखिरहने समस्या भएमा नियमित विनाकारण पानी पिएर यस समस्याको निराकरण गर्न सकिन्छ।

९. पाचन सम्बन्धी समस्या

नियमित रुपमा पाचन समस्याबाट ग्रस्त भइरहनुभएको छ र पानी पनि पर्याप्त मात्रामा पिउनु हुुन्न भने तपाईंको पाचन समस्याज लअल्पताको कारणले हुन सक्दछ।

​एजेन्सीको सहयोगमा

TOP