सरकारको ज्यादतीविरुद्ध सशक्त जनदबाब आवश्यक : विष्णु पौडेल
काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र संकीर्ण स्वार्थले देश छियाछिया भएको आरोप लगाएका छन्।
सोमवार प्रेस चौतारी नेपालको २६औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले अहिले मुलुकको परिस्थिति कहालीलाग्दो रहेको दावी गरे।
उनले सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरुलाई ठेगान लगाउन सकिँदैन कि भन्ने अनुभूति भइरहेकाले सबै वर्गका समुदायलाई साथमा लिएर सडकबाट पनि सशक्त दबाब सिर्जना गर्नुपर्ने परिस्थिति बनिरहेको बताए।
‘सदनको दबाबले मात्रै सत्ताका ज्यादतीहरुलाई ठेगान लगाउन सकिँदैन कि भन्ने अनुभूति हुँदै छ‚’ उनले भने‚ ‘सडकबाट पनि हामी सबै वर्गका समुदायलाई साथमा लिएर सडकबाट पनि सशक्त दबाब सिर्जना गर्नुपर्ने परिस्थिति बन्दै छ।’
उनले देशको अहिलेको स्थिति ‘मल्टी अर्गन फेलियर’ भएको विरामीको जस्तो रहेको बताए। उनले देशलाई यो ठाउँमा अहिलेको गठबन्धन सरकारले ल्याइपुर्याएको आरोप लगाए।
उनले शिक्षा, स्वास्थ्य, श्रम रोजगार, अन्तरराष्ट्रिय श्रम बजार, अर्थतन्त्र, सुशासन, कृषि, पर्यटन कतै पनि चित्त बुझाउने अवस्था नरहेको बताए।
उनले प्रतिपक्षका जायज आवाज सुन्ने खालको अभ्यास हुनुपर्ने भए पनि अहिलेको सरकार प्रतिपक्षप्रति पूर्वाग्रही व्यवहार गरिरहेको आरोप लगाए। उनले प्रतिपक्षका आवाज किनारा लगाउने काममा सरकार उद्धत रहेको बताए। उनले पार्टीको सदनमा प्रस्तुति झनै सशक्त हुने बताए।
‘अहिलेको मुलुकको परिस्थिति साँच्चि नै कहालीलाग्दो छ। गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा, संकीर्ण स्वार्थले गर्दा देश आज छियाछिया भएको छ। डाक्टरले कतिपय अवस्थाका विरामीलाई मल्टी अर्गन फेलियर भन्ने गर्छन्‚’ उनले भने, ‘त्यस्तै अहिले हाम्रो देश मल्टी अर्गन फेलियर भएको मानिसको अवस्था जस्तो बन्न पुगेको छ। देशलाई यो ठाउँमा गठबन्धन सरकारले ल्याएको छ। सरकार प्रतिपक्षप्रति पूर्वाग्रही व्यवहार गरिरहेको छ।’
प्रधानमन्त्री र अर्थमन्त्रीका भनाइहरु नै बाझिरहेको उनले बताए। उनले सरकारले अर्थतन्त्रका समस्या र समाधानमा अलमलिएको बताए।
उनले अहिले साधारण खर्च धान्नसक्ने गरी राजश्व परिचालन हुन नसकेको बताए। पुँजीगत खर्चको अवस्था चिन्ताजनक रहेको बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam