कृष्णनगरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
शिवराज अनलाइन
कृष्णनगर, २३ माघ ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिकाकाे आयाेजनामा मंगलबार (आज) देखि बहादुरगञ्जमा अवस्थित रामगाेरखा माध्यमिक विद्यालयकाे प्राङ्गणमा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएकाे शिक्षा शाखा प्रमुुख बलराम पन्थीले जानकारी दिए । उनले १० विद्यालयका विद्यार्थीहरु उक्त प्रतियोगितामा सहभागीता जनाएको बताए ।
पन्थीले स्वागत मन्तव्य राख्दै ४ दिनसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता औपचारिक रुपमा उद्घाटन भएको बताए । खेलमा सहभागी छात्रछात्र खेलाडीहरुबीच प्रतिस्पर्धा हुने बताए । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामार कबड्डी, भलिबल, एथ्लेटिक्स्, दौडमा १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ४×१०० मिटर, ४×४०० मिटर, हाइजम्प, लङजम्प, ज्याभ्लीङ थ्रो ८०० ग्राम/ ६०० ग्राम र सटपुट खेल खेलाइने उनले बताए । याे राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुने उनले बताए ।

कृष्णनगर नगर प्रमुुख रजत प्रताप शाहले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे उद्घाटन गरेका हुन् । उनले कार्यक्रमलाई सम्बाेधन गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विद्यार्थीहरुकाे उत्साहजनक सहभागीता देखिएकाे बताए । उनले यस राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले विद्यार्थीहरुमा खेलकूदप्रति चाँसाे बढ्दै जाने बताउँदै स्थानीय खेलाडीकाे उत्पादनमा टेवा पुग्ने बताए ।
नगर प्रमुुख शाहले खेलकूदले स्वास्थ्यकाे दृष्टिकोणले महत्त्वपूर्ण भएकाे बताउँदै यसले खेलकुदलाई नगरपालिकाले निरन्तरता दिएकाे बताए । विश्व जगतमा राष्ट्रकाे पहिचान बढाउने खेलकूद अतिउत्तम माध्यम भएकाे उनले जिकिर गरे । यस राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई सबैले हातेमालो गर्दै सभ्यभव्य रुपमा सम्पन्न गर्न शाहले आग्रह समेत गरे ।

यस्तैे कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत रमेश गाैेतमले व्यवस्थित रुपमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएकाे बताए । उनले यस प्रतियोगितामा विद्यार्थीहरुकाे उत्साह देखिएकाे बताउँदै खेलप्रति विद्यार्थीकाे लगाव बढ्दै जाने बताए । खेलकूदमा नगरपालिकाले निरन्तरता दिएकाे बताउँदै विद्यार्थीकाे रुचीकाे विषय भएको गाैतमकाे भनाई छ ।
कार्यक्रममा नगर उप-प्रमुख आरती देवी चाैधरी, नगरका वडा अध्यक्ष, समाजसेवी, शिक्षाप्रेमी लगायतकाे उपस्थिति रहेकाे कार्यक्रमकाे सञ्चालन ईश्वरी प्रसाद पाैडलले गरेका थिए ।

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam