रूखले च्यापिएर युवकको मृत्यु
बैतडी : रूखले च्यापिएर बैतडीमा आज एकजनाको मृत्यु भएको छ। मुत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका-५ अडतोलाका १९ वर्षीय प्रकाश पाण्डेय रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।
घरनजिकै रहेको जंगलमा सल्लाको रूख काटिरहेका प्रकाशलाई रूखले च्यापेको थियो।
बिहान ११ बजे रूखले च्यापिएर घाइते भएका प्रकाशलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा मृत घोषणा गरेको थियो। प्रकाशको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट रहेको थियो। मृतकको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
प्रकाश सिद्धेश्वर मावि पाटन-१ मेल्चोरामा कक्षा १० मा अध्ययनरत थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam