‘नैतिकता हराएको मन्त्री र हुतिहारा प्रधानमन्त्री’
काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी ठहर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाएका छन्।
ओलीले सरकार आफैँले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा नदिने मन्त्री ज्वालालाई नैतिकता हराएको मन्त्री र त्यस्ता मन्त्रीलाई हटाउन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल हुतिहारा भएको बताए।
पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले दुईजना मानिसको ज्यान गएको घटनामा दोषी ठहर मन्त्री ज्वाला कुनै पनि हालतमा पदमा बसिरहन नमिल्ने बताए। अध्यक्ष ओलीले सोही घटनालाई चित्रण गर्दै वर्तमान सरकारले लोकतन्त्रको मजाक उडाएको र लोकलज्जा पचाएको दावी गरे।
ओलीले भने, ‘सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो। मन्त्रीको गलत क्रियाकलापले मान्छे मर्ने स्थिति आयो, तोकेर भनिएको छ। मन्त्रीसँग नैतिकता नै छैन, न राजीनामा गर्छन् न प्रधानमन्त्रीसँग हटाउने हुति छ। नैतिकता नभएको मन्त्री र हुतिहारा प्रधानमन्त्री। आफैँले बनाएको आयोगले दोषी करार गरेको छ, मान्छेहरू घाइते भएका छन्। त्यस्तो मन्त्री बसिरहन मिल्छ ? लोकतन्त्रको यस्तो मजाक उठाउन मिल्छ? यो गठबन्धनले यही गरिराखेको छ, लोकलज्जा पनि छैन।’
ओलीले वर्तमान सरकारले मुलुकलाई आर्थिक संकटबाट मुक्त गराउन नसक्ने दाबी गरे।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam