आजदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान शुरू हुँदै
काठमाडौं : सरकारले आजदेखि बालबालिकालाई दिइने दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु गर्दैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका ५१ वटा जिल्लामा खोप अभियान संचालन गर्न लागिएको हो।
ति जिल्लाका ९ महिनादेखि १५ वर्ष मुनिका ५७ लाख बालबालिकालाई दादुरा –रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको खोप शाखाले जनाएको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला ललितपुर,भक्तपुर र काठमाडौंसहित तराईका भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसंक्रमित २१ जिल्लामा ९ महिनादेखि १५ वर्ष सम्मका बालबालिकालाई दादुरा –रुबेलाको खोप लगाइने र बाँकी जिल्लामा ८ महिना देखि ५ वर्षमुनिका बालबालिकालाई खोप लगाइनेछ। पछिल्लो वर्ष दादुराको महामारी विभिन्न जिल्लाहरूमा फैलिएको हुँदा खोप अभियान सन्चालन गर्न लागेको महाशाखाले जनाएको छ।
सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो। गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिँदा एक हजार तीन सय ४९ जना सङ्क्रमित भएका थिए।खोप अभियान आजदेखि शुरु भइ७ चैतसम्म सञ्चालन हुनेछ।
गाउँ–टोलअनुसार खोप अभियान सञ्चालन हुने दिन फरक फरक हुने पनि महाशाखाले जनाएको छ। अभियानमा यो खोप नियमित खोप केन्द्र सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोप केन्द्र एवं स्वास्थ्य संस्थाबाट प्रदान गरिनेछ ।
तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन जिल्लामा भने १५ वर्ष सम्मका बालबालिकालाई पनि लक्षित गरि खोप दिइने भएकोले विद्यालयहरुमा पनि खोप केन्द्र सञ्चालन गरिनेछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam