संविधानले दिएको सेवा सुविधा लिएर संविधानकै विरोध गर्न मिल्दैन : सांसद सापकोटा
काठमाडौं : सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति इंगित गर्दै संविधानको विरोध नगर्न चेतावनी दिएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्। उनले पाएको बेलामा मन्त्री बन्ने, संविधानकै माध्यमबाट बनेको प्रदेशमा सभामुख बन्ने तर अहिले पुनः संविधानकै विरोध गर्ने गरेको भन्दै आपत्ति जनाए।
उनले संविधानले दिएको सेवा सुविधा लिएर संविधानको विरोध गर्न नमिल्ने बताए। उनले संविधान र अहिलेको व्यवस्थाको विकल्प राजा र राजावादी दलहरु हुन नसक्ने बताए।
उनले भने, ‘बेलाबखत यो व्यवस्थाका बारेमा चाहिने भन्दा ज्यादा अनर्गल प्रचारबाजी गर्ने गरिएको छ। पाइहाल्दा मन्त्री पनि भइहाल्ने, यही संसदको लोगो लगाएर भएभरको सम्पूर्ण सेवासुविधाहरु लिने, फेरि यही व्यवस्थाको विरोध गर्ने, यो कति नैतिक छ? यो व्यवस्थाको विकल्प योभन्दा उन्नत प्रकारको यो व्यवस्थाभित्र रहेको सीमा र कमीजोरीहरुबारे यो संसदमा मज्जाले बहस गर्न सकिन्छ, यो व्यवस्थाका बारेमा र यो संविधान भन्दा माथि गएर यो संविधानलाई ध्वंस गर्नेगरी बहस गर्ने अधिकार कसैलाई छैन।’
उनले जलवायु परिवर्तन नेपालका लागि मात्रै विश्वका लागि नै चुनौती बनिरहेको बताए। उनले जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी राजनीतिक मुद्दा बनेको बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam